बिहीबार, वैशाख ६, २०८१

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या ३२ पुग्यो !

नेपालखोज २०७७ असार १९ गते १६:४०

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

असार १७ गते राती ११ मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

छाती दुख्ने समस्याका कारण काठमाडौंको निजी अस्पतालमा भर्ना भएका व्यक्तिको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यो सहित नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३२ पुगेको छ।

पालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रतिक्रिया