लामिछानेविरुद्धको मुद्दा सिन्हाको इजलासमा
नेपालखोज
२०७९ चैत २१ गते १२:४३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको छ ।
लामिछाने विरुद्ध नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै युवराज सफलले सोमवार सर्वोच्चमा रिट दिएका थिए ।
सोमबार दर्ता भएको रिट मंगलबारका लागि पेशी सूचीमा चढाइएको थियो ।
सिन्हाको इजलासमा ११ वटा रिटको पेशी तोकिएकोमा लामिछानेविरुद्धको रिट नवौँ नम्बरमा रहेको छ।
सम्बन्धित

प्रतिक्रिया