शुक्रबार, चैत ७, २०८१

नेकपाको विद्रोहले मुलुकलाई थप संकटमा पुर्याउने खतरा : कांग्रेस नेता पौडेल

नेपालखोज २०७७ असार १९ गते १८:४८

काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अचानक संसद अधिवेशन अन्त्य गर्दा एमसीसी लगायत महत्वपूर्ण विधेयकमा निर्णय हुन नपाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

Advertisement

जिल्लामा सञ्चालित आइसोलेसनमा बसेका नागरिकका लागि स्वास्थ्य सुरक्षा सामग्री लिएर गृहजिल्ला तनहुँ पुगेका पौडेलले सो कुरा बताएका हुन् ।

उनले कोरोना भाइरसका कारण मुलुक गम्भीर संकटमा फसिरहेको समयमा सत्ताधारी पार्टीको आन्तरिक विद्रोहले मुलुकलाई थप संकटमा पु¥याउने खतरा बढेको बताए ।

प्रतिक्रिया