कुन पदार्थ धेरै खानु हुँदैन ?
१. अंकुरित आलु
अंकुरित आलुमा ग्लाइकोअल्केलाइड्स हुन्छ, जसले झाडापखाला लाग्न सक्छ । यस्तो आलु लगातार खानाले टाउको दुख्ने अनि बेहोसीको खतरा पनि निम्त्याउँछ ।
२. चिनी
बढी चिनी खानाले लिभरमा ग्लाइकोजिनको मात्रा कम हुन्छ । यसले मोटोपन, थकान, माइग्रेन, दम र डायबेटिज बढाउन सक्छ । चिनी धेरै खानाले बुढेसकालको छनक पनि चाँडै देखिन्छ ।
३. जाइफल
जाइफलमा मिरिस्टिसिन हुन्छ । यसले पटक–पटक हर्ट रेट बढ्छ, अनि वाकवाकी पनि हुनसक्छ । धेरै खानाले ब्रेन पावर पनि घट्न सक्छ ।
४. नून
नूनमा सोडियमको मात्रा अधिक हुन्छ । त्यसैले यसको ज्यादा सेवनले उच्च रक्तचाप हुनसक्छ, जसले गर्दा हार्ट अट्याक हुन पनि सक्छ । यसले क्यान्सर हुने जोखिम पनि बढाउन सक्छ ।
५. कोल्ड ड्रिङ्क्स
कोल्ड ड्रिङ्क्समा चिनी र फस्फोरिक एसिडको मात्रा धेरै हुन्छ । धेरै कोल्ड ड्रिङ्क्स पिउनाले मुटुको समस्या निम्त्याउन सक्छ । दिमाग पनि कमजोर बनाउन सक्छ ।
६. मैदा
मैदा बनाउने प्रक्रियामा फाइबर अर्थात् रेसादार पदार्थ निक्लिएर जान्छ । त्यसैले यो फाइबरविहीन हुन्छ । ज्यादा मैदा खानाले पेटको खराबी हुनसक्छ । यसमा ब्लिचिङ एजेन्ट्स हुन्छ, जसले रगत पातलो बनाउँछ । यसले हर्ट अट्याकजस्ता मुटुको रोग बढाउन सक्छ ।
७. मसरुम
काँचो मसरुममा कार्सिनोजेनिक कम्पाउन्ड्स हुन्छ । काँचो मसरुम खानाले क्यान्सरको सम्भावना बढाउँछ । त्यसलै च्याउ राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।
प्रतिक्रिया