शुक्रबार, वैशाख २८, २०८१

जीवनका अन्तिम दिनका लागि कुन देश उत्कृष्ट, कहाँ छ नेपाल ?

नेपालखोज २०७९ वैशाख १ गते २०:५९

काठमाडौं । जीवन र मृत्यु यस्ता दुई सत्य हुन जसलाई परिवर्तन गर्न सकिँदैन । यदि जीवन छ भने मृत्यु पनि अवश्य छ । यद्यपि हाम्रो मृत्यु कहाँ कसरी हुन्छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । हाम्रो अन्तिम समयको जीवन कस्तो हुनेछ ? त्यतिबेला हाम्रो शारीरिक तथा मानसिक रेखदेख निकै अर्थपूर्ण हुन्छ ।

यस मामिलामा संसारका कुन देशले राम्रो काम गरेका छन् । कहाँको स्थिति खराब छ ? बेलायतक‍ो ड्युक विश्वविद्यालयले यही विषयमा एउटा अध्ययन गरेको थियो । यसमा विभिन्न देशका नागरिकले जीवनक‍ो अन्तिम समयमा पाउने रेखदेखका आधारमा उनीहरुलाई सूचीकृत गरिएको थियो । यो अध्ययनको रिपोर्टमा स्टडी गरिएका ८१ देशमध्ये केवल ६ वटा देशले ‘ए’ ग्रेड प्राप्त गरेका छन् । यो अध्ययन जर्नल पेन एन्ड सिम्प्टम म्यानेजमेन्टमा प्रकाशित भएको छ ।

यो अध्ययनमा बेलायत सबैभन्दा माथि देखिएको छ त्यसपछि आयरल्यान्ड, ताइवान, क‍ोस्टारिका, दक्षिण कोरिया तथा अस्ट्रेलिया ए ग्रेडमा छन् । यसको अर्थ यी देशमा बिरामीले आफ्नो अन्तिम समयसम्म राम्रो शारीरिक तथा मानसिक रेखदेख प्राप्त गर्छन् ।

यो विषयमा पाराग्वे सबैभन्दा तल ८१औं स्थानमा छ र उसले ‘एफ’ ग्रेड पाएको छ । पाराग्वेका साथ अन्य २० देश पनि ‘एफ’ ग्रेड मा छन् । यसमा नेपालसहित बंगलादेश, ब्राजिल, सेनेगल, पोर्चुगल, दक्षिण अफ्रिका, अर्जेन्टिना, सुडान, मलेसिया, इथियोपिया तथा इराक आदि सामेल छन् । यो सूचीमा १६ वटा देश ‘डी’ ग्रेडमा परेका छन् जसमा भारत, चीन, रूस, ग्रिस, इन्डोनेसिया, चिली, जर्जिया, भियतनाम तथा मेक्सिको छन् ।

यो सुचिमा अमेरिका ‘सी’ ग्रेड का साथ ४३औं स्थानमा छ । यो सूची हेर्दा के स्पष्ट हुन्छ भने जीवनको अन्तिम घडीतिर पाइने स्वास्थ सेवा कमजोर तथा विकासशील अर्थव्यवस्था भएका मुलुकहरुमा बढी खराब छ र यो स्वाभाविक पनि ह‍ो किनभने ती मुलुकमा स्वास्थ्य सुविधाको स्थिति पहिलेदेखि नै खराब छ ।

यो शोधसँग जोडिएका शोधकर्ता स्टिफन कोनर भन्छन्- यो संयोग मात्र होइन सर्भेमा राम्रो ग्रेड पाउने अधिकांश देश उच्च आय भएका देश छन् जहाँ स्वास्थ्यमा तुलनात्मक रुपमा बढी खर्च गरिन्छ । यसमा मध्यम तथा निम्न आय भएका देशको प्रदर्शन खराब छ । यी देशले स्वास्थ्य हेरचारमा बढी ध्यान दिनु आवश्यक छ किनभने त्यहाँ उच्च आय भएका देशको तुलनामा एकतिहाइभन्दा कम सुविधा उपलब्ध छ ।

प्रतिक्रिया