नेपाल निम्न आयबाट निम्नमध्यम आय देशमा उक्लियो
नेपालखोज
२०७७ असार २० गते ६:२८
काठमाण्डौँ । नेपाल निम्न आयबाट निम्नमध्यम आय भएको देशमा उक्लिएको छ । विश्व बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याँकअनुसार नेपाल निम्न आय भएको देशबाट मध्यम आए भएको देशमा उक्लिएको हो ।
गएको वर्ष ९ सय ७० अमेरिकी डलर आय भएकाले नेपाल निम्न आय भएको देशमा थियो । सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ । विश्वबैंकले १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने देशलाई न्यून आयवर्गमा राख्दै आएको छ ।
नेपालमा गएको तीन आर्थिक वर्षमा कुल गार्हस्थ त्पादनको वृद्धिदर ९आर्थिक वृद्धि० क्रमशः ८ दशमलव २, ६ दशमलव ७ र ७ प्रतिशत हासिल भएपछि प्रतिव्यक्ति आम्दानी पनि त्यही अनुपातमा बढेको हो ।
सम्बन्धित
प्रतिक्रिया