एसईई : सबै विद्यार्थीको न्यूनतम ‘सी’ ग्रेड !
नेपालखोज
२०७७ असार २१ गते ७:१५
काठमाडौं । यस वर्षको एसईई परीक्षामा सबै विद्यार्थीको ग्रेड ‘सी’भन्दा मुनि नआउने देखिएको छ । अधिकांश विद्यालयले गर्ने अन्तिम मूल्याङ्कन हेर्दा सबैले ‘ए’ प्लस देखि ‘सी’ सम्मको ग्रेड पठाउने भएका छन् ।
विद्यालयले तीन तहको परीक्षाको आधारमा जिल्ला शिक्षा समन्वय इकाइलाई पठाएको अंकमा इकाइले प्रमाणित गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाउने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले विद्यालयले पठाएको अन्तिम मूल्याङ्कनको आधारमा प्रमाणपत्र दिने निर्णय गरेपछि आफ्ना सबै विद्यार्थीलाई ‘ए’ प्लस देखि ‘ई’ ग्रेड आउने सम्मको नम्बर दिने अधिकार विद्यालयलाई नै हुनेछ । अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिएपछि सबै विद्यार्थीले ‘सी’ भन्दा तल नआउने आँकलन गरिएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
सम्बन्धित
प्रतिक्रिया