नेकपा विवाद : अध्यक्ष दाहालसहितका शीर्ष नेताहरु पार्टी बिभाजन हुन नदिने पक्षमा
काठमाडौं । नेकपा सचिवालयका ६ सदस्यले पार्टी विभाजन हुन नदिने निष्कर्ष निकालेका छन् ।
शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, रामबहादुर थापा, र नारायणकाजी श्रेष्ठसहितका नेताले पार्टी विभाजन हुन नदिने गरी अघि बढ्ने निष्कर्ष निकालेका हुन् ।
६ जना नेताको अनौपचारिक बैठकले स्थायी कमिटीको बैठकलाई समेत अघि बढाउने निर्णय लिएको छ । प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन अन्त्य गरेसँगै पार्टी फुटको बाटो समात्न सक्ने भय देखेका सचिवालय सदस्यले पार्टी फुटबाट रोक्ने र अन्य ओलीसँग देखिएको विवाद र समाधानको मिसन पूरा गर्ने तयारी समेत गरेको बुझिएको छ ।
यता, अन्य तेश्रो तहका नेता भने विवाद समाधान गर्न लागिपरेका छन् । पुल्चोकस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निवासमा केन्द्रीय कमिटी सदस्यसमेत रहेका सांसदको भेलाले प्रमुख तीन नेतालाई भेटेर एकताका लागि दबाब दिने निर्णय गरेका छन् ।
एकताका आधारमा पार्टीले प्राप्त गरेको जनमत जोगाउने र जनताले दिएको जिम्मेवारी स्मरण गराएर एकताका लागि दबाब दिने समझदारी भएको बताइएको छ ।
मुख्य नेतालाई एकअर्काविरुद्ध उकास्नेले एकताको वातावरण बिगारेको र त्यस्ता नेतालाई सचेत गराउने समेत समझदारी भएको छ । news24 बाट
प्रतिक्रिया