स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति चिकित्सक संघको निन्दा, दोषीमाथि कारवाहीको माग

काठमाडौं । नेपाल चिकित्सक संघ भेरी शाखाले भेरी अस्पतालमा चिकित्सक र नर्सिङ स्टाफ माथि गरेको हातपातप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संघले एक विज्ञप्ति जारी गदै ड्युटीमा रहेका चिकित्सक तथा नर्समाथि भएको हातपात गर्नेमाथि तत्काल कारवाहीको माग गरेको छ।
सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीसँगै त्यहाँ पुगेका युवाहरुले फिजिसियन डा विपिन आचार्य, नर्स देवा जिसीसहित तीन जना नर्सहरुलाई दुर्व्यवहार गरेका थिए ।
अस्पतालको अवस्था र बिरामीले पाएको सास्तीबारे अस्पताललाई ध्यानार्कषण गर्ने बहानामा अस्पताल पुगेको शाहीको उक्त समूहले पेइङ ड्युटीमा रहेका स्वास्थ्यकर्मी माथि हातपात गरेका हुन् ।
वर्तमान विश्व महामारीको रूपमा फैलिएको कोभिड१९ को समेत कुनै प्रवाह नगरी आफ्नो चिकित्सकीय मर्यादा पालना गर्दा गर्दै चिकित्सक र नर्सिङ कर्मचारीलाई नै हातपात गर्ने प्रवृतिले चिकित्सकीय पेशा असुरक्षित हुन पुगेको संघले जनाएको छ।
संघले स्वास्थ्यकर्मीमाथि हुने अपराधिक क्रियाकलापहरु यथाशिघ्र बन्द गर्दै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडा कानूनी कारवाही गर्न संघले माग गरेको छ।
चिकित्सक एवं स्वास्थ्यकमीको पेशागत सुरक्षाको लागि नेपाल चिकित्सक संघ भेरी शाखा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी संघले दिएको छ।

प्रतिक्रिया