बुधबार, वैशाख १२, २०८१

नेपालमा आज सबैभन्दा कम १८० जनामा संक्रमण पुष्टि, थप एकको मृत्यु !

नेपालखोज २०७७ असार २२ गते १७:२४

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ९सय ६४ पुगेको छ ।

मन्त्रालयकाअनुसार आज सबैभन्दा धेरै काठमाडौंमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका २० जना, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८/८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६÷६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र झापाका ५र५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्युठान र काभ्रेका ४÷४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३÷३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २÷२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एक एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमणबाट निको भई घर फर्किएका छन् । यससँगै डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८ सय ११ पुगेको छ ।

त्यस्तै, नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका– ३का २९ वर्षीय पुरुष रहेका छन् ।

उनी असार २१ गते मृत्यु भएको हो । उनी ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा रहेको बताइएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

प्रतिक्रिया