बिहीबार, वैशाख १३, २०८१

एउटा रुखको अवसानमा राष्ट्रिय शोक

नेपालखोज २०८० जेठ १८ गते १६:५३

काठमाडौं । पश्चिम अफ्रिकी देश सियरा लियोनमा स्वतन्त्रताको प्रतीक मानिने ४०० वर्ष पुरानो एउटा विशाल रुख आँधीमा परेर ढले पछि त्यहाँ राष्ट्रिय शोकको स्थिति छ ।

‘कटन ट्री’ भनेर चिनिने यो केपाक रुख (केइबा पेन्टान्द्रा) करिब २३० फिट अग्लो तथा ५० फिट चौडा थियो । अठारौं शताब्दीमा स्वतन्त्रता संग्राममा लडेर अंग्रेजहरूबाट स्वतन्त्रता प्राप्त गरेका दासहरू यही रुखमुनि प्रार्थना गर्थे भन्ने विश्वास गरिन्छ।

राष्ट्रपति जुलियस माडा बायोनले भनेका छन्यो, ‘रूख जस्तो प्रतिष्ठित राष्ट्रिय प्रतीकको अवसानले सबै सिएरा लियोनवासीलाई दुखि तुल्याएको छ। शताब्दीयौंदेखि, यो हाम्रो राष्ट्रको गौरवको प्रतीक रहदै आएको थियो ।’

राजधानी फ्रीटाउनका बासिन्दाहरूले दशकौंदेखि यहि रूखमुनि प्रार्थना गर्दै आएका छन्। यसको वरिपरि राष्ट्रिय संग्रहालय, केन्द्रीय हुलाक कार्यालय तथा देशको सर्वोच्च अदालत छ । यो कपासको रूख सियरा लियोनको बैंक नोटहरूमा पनि देखिन्छ भने बालबालिकाहरूको कोर्सको कवितामा पनि यो बिषय समावेश छ।

AP / AFP

प्रतिक्रिया