आइतबार, वैशाख १४, २०८२

आज बुधबार कृष्ण भगवानको पूजा आराधना गर्नुहोस आटेको काम बन्ने छ । आजको राशिफल ।।

नेपालखोज २०७७ असार २४ गते ६:१२

आज २४ आषाढ २०७७ बुधवार को राशिफल

मेष
आज धर्म, कर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचारपनि सुन्न पाइएला ।

मिथुन
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।

सिंह
आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।

तुला
आकस्मिक धन लाभ हुनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ ।

धनु
कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ
मनमा दुविधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

बृष
जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कर्कट
रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ । अतिथीको सेवा होला ।

कन्या
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

बृश्चिक
श्रमको उचित मुल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

मकर
आज स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।

मीन
आज शुभकार्यको चर्चा चल्नेछ । वित्तीय संस्थाबाट सहयोगपनि पाइएला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया