शुक्रबार, वैशाख १४, २०८१

सामाजिक सञ्जालमा व्यापक आलोचनापछि महिला कुट्ने प्रहरी कारवाहीमा

नेपालखोज २०७७ असार २४ गते ११:५७

रुकुम । प्रहरीले निर्घात रुपमा एक महिला कुटेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला कुटिएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घटना १ जेठको हो । आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई लाठी हानेको भिडियोमा देखिन्छ ।

डीएसपी केसीका अनुसार हेल्प डेस्कमा मदिरा सेवन गरेर होहल्ला गरेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । त्यसक्रममा उनले प्रहरीलाई हातपात गरेको भनाइ छ । केसीका अनुसार मदिरा सेवन गरेकाले शान्त हुन्छ कि भनेर भान्सामा लगेर उनलाई पानी खन्याइदिएको पाइएको बताउँछन् ।

महिला कुटपिटमा संलग्न एक जना हवल्दार दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत् छन् । अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन थालिएको छ ।

अहिले घटनाबारे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ । महिलाले गल्ती गरेकी भए कानुन अनुसार कारवाही गर्ने हो । तर भिडियो हेर्दा आचरण विपरित कार्य भएको देखिन्छ । अहिले पीडित महिलालाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।

प्रतिक्रिया