आइतबार, जेठ ६, २०८१

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर ४ अंक थप गर्दै शिर्षस्थानमा

नेपालखोज २०८० जेठ १ गते ८:०७

काठमाडौं । इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावनालाई बढाएको छ ।
शनिबार राति भएको खेलमा घरेलु टोली एभर्टनलाई ३–० ले पराजित गर्दै उपाधीको सम्भावना बढाएको हो । 

गुडिसन पार्कमा आइतबार राति भएको सहज जीतको खेल पछि दोस्रो स्थानको आर्सनललाई ४ अंकले पछि पार्दै म्यानचेस्टरले उपाधिको सम्भावनालाई थप बलियो बनाएको हो  ।

यस जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३५ खेलबाट ८५ अंक पुगेको छ भने पराजित एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७औं स्थानमा सिमित रहेकाे छ ।

उता, समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलले ८१ अंकसहित म्यानचेस्टरलाइ पछयाईरहेको छ भने एभर्टनलाई पराजित गरेको म्यानचेस्टरले थप ४ अंक जोडेर उपाधी होडमा आफुलाई शिर्षस्थानमा राखेको छ ।

प्रतिक्रिया