मंगलबार, वैशाख ४, २०८१

पछिल्लो २४ घण्टामा २५३ जना कोरोनामुक्त, कुल ७ हजार ७५२ जना डिस्चार्ज

नेपालखोज २०७७ असार २४ गते १६:३४

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २५३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २५३ जना कोरोना मुक्त भएको बताए।

योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ। यो कुल संक्रमितको ४७ प्रतिशतभन्दा बढी भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया