बिहीबार, वैशाख १३, २०८१

नबिल बैंकले हुवावेसँग गर्यो रणनीतिक
सहकारिता सम्झौता

नेपालखोज २०७७ असार २४ गते १५:५७

काठमाडौं । नबिल बैंकले बुधवार ललितपुरमा हुवावेसँग रणनीतिक सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र हुवावे टेक्नलोजी नेपालका प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेनबीच उक्त समझदारी भएको हो । नबिल बैंकले क्लाउड डिजिटलकरण गर्नका लागि उक्त सम्झौता भएको हो । हुवावे इन्टरप्राइजेज बीजी का अध्यक्ष चाओ चोंगलगायत अन्य प्रतिनिधिहरूले उक्त कार्यक्रममा भाग लिएका थिए ।
दुबै कम्पनीले फलदायी साझेदारी सिर्जना गर्ने र एक अर्का बीच आपसी–लाभदायी रणनीतिक सहयोग सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता जनाए । हुवावेले नबिल बैंकलाई डिजिटल रूपान्तरणको लागि विभिन्न पक्षका लागि सहयोग पु¥याउनेछ । नयाँ डिजिटल बैंकिङ्ग, इन्टेलिजेन्ट सुरक्षा प्रणाली, इन्टेलिजेन्ट बैंकिङ्ग प्रवाह, इन्टेलिजेन्ट आन्तरिक व्यवस्थापन, आदि । नबिल बैंकले नेपालको आधुनिक टेक्नोलोजीसहित बैंकिंगक्षेत्रमा नेतृत्व गरी अहम भूमिका खेल्न सक्षम हुनेछ । जसले एक ईकोसिस्टम निर्माण गर्नेछ जसले ‘एभरीवेर इज बैंक, बैंकिङ्ग एट एनिवेर’ पूरा गर्नेछ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले हुवावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग रणनीतिक साझेदारी गर्न पाएकोमा उत्साह व्यक्त गर्नुभयो । यो साझेदारीले बैंक र ग्राहकवर्गमा भ्यालु अभिवृद्धि गर्नका लागि रणनीतिक रूपमा महत्वपूर्ण भूमिका खेल्नेछ । विश्वमा विभिन्न उद्योगको डिजिटल रूपान्तरणमा हुवावेको अनुभवले बैंकलाई साँच्चिकै एक डिजिटल बैंक बनाउन सहयोग गर्नेछ, उनले भने ।

प्रतिक्रिया