बिहीबार, वैशाख ६, २०८१

अमेरिकामा कोरोनाबाट मृत्यु भएकाहरुको शोकमा पाँच दिन आधा झण्डा झुकाउन बाइडेनको आग्रह

नेपालखोज २०७७ फागुन ११ गते १४:४५

एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुका शोकमा पाँच दिनका लागि राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेसँगै राष्ट्रपति जो बाइडेनले शोक मन्तव्य व्यक्त गर्दै सबै संघीय संस्थालाई आधा झण्डा झुकाउन आह्वान गरेका हुन् । कोरोना महामारीका कारण सर्वाधिक मृत्यु ब्यहोर्ने देश अमेरिका हो ।

यो संख्या पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा अमेरिकाले व्यहारेको मानवनीय क्षतिभन्दा पनि बढी हो । अमेरिकाको पश्चिमी तटमा पहिलोपटक कोरोना भाइरस पाइएको एक वर्षभित्र पाँच लाखभन्दा बढीको संक्रमणका कारण निधन भएको हो । कोरोना भाइरस सुरुमा चीनमा देखा परेको थियो ।

मृतकको संख्या पाँच लाख नाघेको कठोर क्षणलाई ह्वाइट हाउसमा मौनधारण र मैनबत्ती बालेर स्मरण गरिएको छ ।

प्रतिक्रिया