शुक्रबार, वैशाख १४, २०८१

निर्माण क्षेत्र डुब्न लाग्यो, आपतकालीन उद्धारकाे खाँचो

नेपालखोज २०७७ असार २५ गते १७:३८

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको बैठक सुरु भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा कोभिड—१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतको अध्यक्षतामा बैठक सुरु भएको छ ।

बैठकमा बोल्दै नेपाल निर्माण व्यवसाय संघका अध्यक्ष रवि सिंहले लकडाउनको बारेमा गलत सूचना प्रवाहका गरिदा आफु काममा गाउँमा जान नपाएको र केन्द्र सरकारको निर्देशन स्तानिय तहले नमान्दा सम्पूर्ण निमार्ण क्षेत्र प्रभावित बनेको बताएका छन् ।

निर्माण क्षेत्रलाई क्वारेन्टिन बनाएर प्रयोगमा ल्याइएका कारण काम गर्छौ भन्दा पनि स्थानिय स्तरले नदिएको बताए ।काम सुरु हुने समयमा लकडाउन भएपछि निर्माण क्षेत्र पुरै तहसनहस भएको अध्यक्ष सिंहले बताए । सरकार नागरिकका समस्या समाधान तर्फ भन्दा पनि आफ्नो कुर्सी सुरक्षामा लागेको उनको आरोप छ । लकडाउनका कारण करिब ६५ अर्व घाटा भएकोले बैंकको व्याजसम्म दिन नसक्ने अवस्थामा पुगेको उनले बताए ।

करिब ४ महिनाको लकडाउन अवधिमा समग्र निर्माण क्षेत्रमा १ खर्बको नोक्सानी भएको उनले बताए ।  सरकारले राहात दिनुको सट्टा निर्माणको कार्य पनि गर्न नदिएको, रोजगारी सृजना पनि नगरेकाले अब निर्माण क्षेमा राहतको आवश्यकता रहेको औँल्याए । उनले भने, ‘उपभोक्ता समिति भनेको सरकारको संस्थागत भ्रष्टाचार गर्ने अधार हो, त्यसलाई भत्काउनु जरुरी छ ।’

त्यस्तै, नेपाल निर्माण व्यवसाय महासंघका पूर्व अध्यक्ष रमेश शर्माले निर्माण क्षेत्र डुब्ने अवस्थामा पुगेकाले यसलाई अापतकालीन उद्धारकाे खाँचो रहेको बताए ।

प्रतिक्रिया