शुक्रबार, वैशाख ७, २०८१

अस्ट्रेलियामा ठगी गर्ने नेपाली विद्यार्थी जेल चलान

नेपालखोज २०७७ असार २६ गते ७:११

सिड्नी । अस्ट्रेलियामा ठगीकाे अाराेप लागेका एक नेपाली विद्यार्थी जेल चलान भएका छन् । बिहीबार न्यूसाउथवेल्स राज्यको सदरल्याण्डस्थित अदालतले ठगी मुद्दाका आरोपित उनलाई १८ महिनाको जेल सजाय सुनाएको हाे ।

ती विद्यार्थी २० वर्षका रहेकाे र उनी सन् २०१८ मा ‘आईटी’ विषय अध्ययनका लागि भनेर सिड्नी आएकाे खुलेकाे छ । उनी गत मार्च ३ मा न्यूसाउथवेल्स प्रहरीकाे फन्दामा परेका थिए । ठगी आरोपमा उनलाइ पक्राउ गरी अनुसन्धान थालिएकाे थियो । अनुसन्धानबाट उनले भारतबाट सञ्चालित गिरोहको सञ्जालसँग मिलेर अस्ट्रेलियाका वृद्धवृद्धाको क्रेडिट कार्डबाट पैसा चोरी गरेको पुष्टि भएको थियाे ।

छलकपट गरेर आर्थिक लाभ लिएकोसहित १० वटा आरोप लगाउँदै स्थानीय बरउड अदालतमा पेश गरिएका उनले अदालतमा सबै आरोपहरू स्वीकारेका थिए । जेल सजाय सकिनासाथ उनी डिपोर्ट हुने सम्भावना रहेको जनाइएकाे छ ।

छलकपट गरी उनले ४ जना अस्ट्रेलियन नागरिकको कार्डबाट २१ पटकमा १८ हजार ५ सय डलर चोरी गरेकाे पुष्टि भएकाे छ ।news24बाट

प्रतिक्रिया