शुक्रबार, वैशाख ७, २०८१

नेपालमा भारतीय न्यूज च्यानल बन्द

नेपालखोज २०७७ असार २६ गते ८:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गरेर भारतीय न्यूज च्यानलले अनर्गल प्रचार गरेपछि नेपालमा भारतीय न्यूज च्यानल बन्द गरिएको छ । नेपालका आधिकारिक विदेशी च्यानल वितरकहरुले बिहीबार साँझदेखि उक्त निर्णय गरेका हुन् ।

चिनीया राजदूत यान्छीको नाम प्रधानमन्त्रीसँग जोडेर अतिरञ्जित, अपाच्य प्रचार गरेकाले यस्तो निर्णय गरेको च्यानल वितरकहरुले जनाएका छन् । वितरकहरुले भारतीय मिडिया सस्तो लोकप्रीयताका लागि कतिसम्म गिर्न सक्छन्, उनीहरुको पत्रकारिता कुन स्तरको छ, भन्ने कुरा प्रष्ट भएको बताएका छन् ।

सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले नेपाल–चीन र प्रधानमन्त्री ओलीका विषयमा भारतीय मिडियाले अनर्गल प्रचार गरिरहेका सामाग्रीबारे राजनीतिक र कानुनी उपचार खोज्ने अवस्था आउनसक्ने बताए । कुटनीतिक माध्यमबाट यसको उपचार खोज्नुपर्छ, यहाँका सवै मिडियाले पनि नेपालीहरुको स्वाभिमानमा आँच पुर्याउने खालको समाचार सम्प्रेसण नगर्न अनुरोध गरे ।

भारतको सरकारी न्यूज च्यानल दूरदर्शनबाहेक सवै समाचार च्यानलहरु बन्द गरिएको च्यानल वितरकहरुले जनाएका छन् ।

प्रतिक्रिया