बिहीबार, वैशाख १३, २०८१

इण्डीया ग्लोबल वीक २०२०,
प्रधानमन्त्री मोदीले भिडियोमार्फत् गरे उद्घाटन

नेपालखोज २०७७ असार २६ गते १०:४२

काठमाडौं । ब्रिटेनमा इन्डीया ग्लोबल वीक २०२० सुरु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियोमार्फत् कार्यक्रमको उद्घाटन गरेका छन् ।

उद्घटान गर्दै प्रधानमन्त्री मोदीले भारत हरेक चुनौतीको सामना गर्दै अगाडि बढिरहेको बताए । एकातिर कोरोना तथा अर्कोतिर अर्थव्यवस्था दुवैलाई सम्हाल्न भारत सफल रहेको मोदीले जिकिर गरे ।

मोदीले भने ‘भारतमा हरेक प्रकारका खुवी भएका मानिसहरुको वसोबास छ । हाम्रो देश अघि बढ्न चाहान्छ, बढिरहेको पनि छ, हामी हरेक किसिमका चुनौतिको सामना गर्दै अघि बढिरहेका छौं चाहे त्यो सामाजिक होस या आर्थिक । तर, हामी यो पनि चाहन्छौं कि विकास र पर्यावरण को रक्षा एकसाथ होस् ।’

३ दिनसम्म चल्ने उक्त कार्यक्रम उद्घाटनमा प्रधानमन्त्री मोदीले अमेरिका, अष्ट्रेलिया, सिंगापुर र जापानसँग भारतको जस्तो व्यापारिक सम्वन्ध छ त्यस्तै ब्रिटेनको पनि इच्छा रहेको बताए ।

प्रतिक्रिया