भाडा तिर्न नसक्ने भन्दै सिभिल मलका व्यापारीले पसलको चाबी सञ्चालकलाई बुझाए
काठमाडौं । कोरोना महामारीमा रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि सिभिल मलका व्यापारीहरुले पसल त खोले, तर ग्राहक आएनन् ।
असार १ गते बाट बिभिन्न सरकारी निकाय, स्थानीय सरकार, प्रशासन सुरक्षाकर्मीको समन्वय गरी पसल सुचारु गरेका सिभिल मलका व्यापारीको बोहनीसमेत हुनसकेको छैन । यस्तो अवस्थामा नेपाल सरकारले कर तिर्नको लागि ताकेता गर्नु, बैकबाट सावा र ब्याज भुक्तानीको लागी व्यापारीलाई दवाव दिनु, बन्द अवधिको पनि कर्मचारीलाई तलव दिनुपर्ने र पसल भाडा मुख्य बिषय बन्न पुगेको छ ।
करोडौ राजस्व तिर्ने व्यापारीको लागि सरकारले न बैंकको व्याज, न घर वहाललगायत अन्य कुनै पनि राहतको घोषणा नगरेको कारण सडकमा उत्रन वाध्य भएको हामी सम्पूर्ण व्यापारीहरु सडकमा बिरोधको कार्यक्रम लिएर अघि बढ्न वाध्य भएको व्यवसायी रत्न बहादुर घिमिरेले बताए ।
असार २५ गतेभित्र घरभाडा भुत्तानी नभएमा थप बिलम्ब लाग्ने गरी सञ्चालकले व्यापारीलाई लिखित तथा मौखिक दवाव दिएको छ । एक रुपैया आम्दानी नभएको र भोलिको दिनमा पनि व्यापार हुने भएर तिर्ने कुनै उपयुक्त वातावरण नभएको व्यापारीहरु बताउँछन् ।
यसरी व्यापारीको मर्म र भावनालाई ठेस पुर्याउँदै लाखौ लगानी, करोडौको राजस्व, दसौ हजारको रोजगारी तथा त्यसबाट आश्रीत परिवारको भविष्यको अवस्था संकटमा पर्ने, साथै कोरोनाको प्रकोपले भविष्यमा पार्ने असरलाई मुल्याङ्कन गर्दै व्यापारीहरु पलायन हुने अवस्था आईसकेकाले हामीले घरभाडा भुत्तानी गर्न नसक्ने भएकोले सम्पूर्ण व्यापारीहरुको पसलको चावी सञ्चालकलाई सामुहिकरुपमा हस्तान्तरण गर्न वाध्य भएको घिमिरेले बताए ।
प्रतिक्रिया