बुधबार, वैशाख १२, २०८१

कोरोना भाइरस : आज ११८ संक्रमित थप, कुल १६ हजार ६ नाघ्यो !

नेपालखोज २०७७ असार २६ गते १७:३३

काठमाडौँ । नेपालमा विगत २४ घण्टामा थप ११८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो वृद्धिसँगै आज अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

तीमध्ये ८ हजार ११ जना निको भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२० जना भाइरसमुक्त गएर घर फर्किएका छन् ।नेपालमा कोभिड–१९ का कारण हालसम्म ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला सङ्क्रमणमुक्ता भएको डा. गौतमले बताए । त्यस्तै ६ जिल्लामा भने ५०० भन्दा बढी उपचाररत कोभिड(१९ का बिरामी रहेका छन् । ती छ जिल्लाहरू महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।

अहिले देशभरि आइसोलेशनमा ८ हजार ६ सय ३ जना रहेका छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन् । विगत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८ सय ६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । यससँगै अहिलेसम्म पीसीआर विधिबाट भएका परीक्षणको सङ्ख्या २ लाख ७५ हजार ९ सय ५१ पुगेको छ ।

अहिले देशभरि २३ हजार ९ सय १० जना क्वारन्टीनमा रहेका छन् । अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया