बाढीपहिरोको विपत्तिबारे बालुवाटारमा छलफल जारी
नेपालखोज
२०७७ असार २७ गते १३:२०
काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोको विपत्ति आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक अहिले बसिरहेको छ ।
विपद् व्यवस्थापनबारे छलफल गर्न आयोजित बैठकमा प्रधानमन्त्री ओलीसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवा समेत सहभागी छन् ।
अझै केही दिन वर्षा र मनसुन सक्रिय रहने भएकाले परिषद्को बैठकमा विपद्को पूर्व सूचना प्रणाली, क्षति न्युनीकरण, उद्धार तथा राहतको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
देशका विभिन्न भागहरुमा बाढी, पहिरो र डुबानका घटनामा बृद्धि भएपछि सरकारले विपद् व्यवस्थापनका लागि सक्रियता देखाएको हो ।
सम्बन्धित
प्रतिक्रिया