काठमाडौंमा एक जना कोरोना संक्रमितको मृत्यु
नेपालखोज
२०७७ असार २७ गते १३:३१
काठमाडौँ । नेपालमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं गोकर्णका ५४ वर्षका पुरुष रहेका छन् ।
काठमाडौंको सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका उक्त पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । केएमसी अस्पतालमा मृत्यु भएका पुरुषको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न भने बाकीँ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया