शुक्रबार, वैशाख १४, २०८१

महिला खुला बास्केटबल आजदेखि

नेपालखोज २०७९ जेठ ६ गते ८:२०

काठमाडाैं । गोदावरी अल्मुनाइ एसोसिएसन (जीएए) को आयोजनामा फादर वाट्रिन महिला खुला बास्केटबल आजदेखि हुने भएको छ ।

ललितपुरको सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा हुने प्रतियोगितामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

सहभागी टिममा रोयल, जेभियर, आईएसए नेपाल र नयाँ बजार, कीर्तिपुर रहेका छन् । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फाइनल आगामी बिहीबार हुने छ ।

प्रतिक्रिया