बिहीबार, जेठ २, २०८२

बाढी पहिरोमा परेकालाई तत्काल उद्धार, राहत र पुर्नस्थापना गर्ने सरकारको निर्णय

नेपालखोज २०७७ असार २७ गते १६:०४

काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा सरकारले ध्यान दिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले देशका आठ जिल्ला अहिले बाढीपहिरोबाट प्रभावित भएकोले उद्धारदेखि पुर्नस्थापनाका काम गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू तथा सुरक्षा निकायबीचको बैठकले उक्त निर्णय गरेको हो ।

बाढीपहिरोपीडितलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनाका विषयमा सरोकारवालहरुसँग छलफल भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुर्नस्थापना गर्ने विषयमा छलफल भएको उँहाको भनाइ छ ।

प्रतिक्रिया