आज ७० जनामा कोरोना संक्रमित थप, कुल १६ हजार ७ नाघ्यो
नेपालखोज
२०७७ असार २७ गते १६:३६
काठमाडौं । विगत २४ घण्टायता नेपालमा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ जना पुगेको छ। प्रवक्ता डा. गौतमका अनुसार हाल ८ हजार २ सय ३९ जनाको उपचार भइरहेको छ ।
डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टा ३ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिए। त्यस्तै आज थप ४३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म नेपालमा डिस्चार्ज हुनेको कुल संख्या ८ हजार ४ सय ४२ पुगेको छ।
सम्बन्धित
प्रतिक्रिया