शुक्रबार, वैशाख १४, २०८१

स्वदेश फिर्तीको लागि भोलि र पर्सि उडान नहुने

नेपालखोज २०७७ असार २८ गते १३:३८

काठमाडौँ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि भोलि र पर्सि उडान नहुने भएको छ ।

विदेशमा कोरोनाका कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भइरहेको उडान दुई दिनका लागि स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

फेरि जुलाइ १५ अर्थात बुधबारदेखि जुलाई २१ सम्म एक हप्ता नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् । त्यसपछि अहिलेकै प्रक्रिया अनुसार उडान गर्ने या नयाँ तरिकाले अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

तर जुलाई २१ पछि अवस्थाको विश्लेषण गरेर नियमित उडान गर्ने या अहिले झैं चार्टर्ड उडानमार्फत स्वदेश फिर्ती गराउने भन्नेबारे छलफल भइरहेको छ ।

सहसचिव लामिछानेका अनुसार अब जुलाई २१ पछि विदेशमा रहेका नेपालीको स्वदेश फिर्ती नयाँ हिसाबले गर्नेबारे छलफल भइरहेको छ । अवस्था हरेर नियमित उडान गर्न सक्ने सम्भावना पनि रहेको उनले बताए ।

सरकारले आजैदेखि उडान स्थगित गर्ने भने पनि आज विभिन्न ६ उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदै छन् । हिजोसम्ममा विभिन्न देशमा समस्यामा परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गइ उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपाली स्वदेश फर्किएका छन्

प्रतिक्रिया