बिहीबार, कार्तिक २२, २०८१

नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक

नेपालखोज २०७७ चैत १२ गते ११:२९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ । नेता नेपाल पक्षले शुक्रवार बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको हो ।

सर्वोच्च अदालतले पार्टी एकिकरणलाई भंग गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फकाईदिएसँगै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्ष दुई समूहमा आ-आफ्ना क्रियाकलाप गरिरहेका छन् ।

यसअघि अध्यक्ष ओली पक्षले गत फागुन २८ गते केन्द्रीय समिति बैठक बोलाई प्रदेश ईञ्चार्जहरुको नियुक्ती लगायतको निर्णय गरेको थियो ।

त्यसको विरोध जनाउँदै आएको नेपाल पक्षले एमाले निकटका विद्यार्थी संगठनदेखि महिला संगठनहरुमा समानान्तर कमिटी बनाइ सकेको छ ।

प्रतिक्रिया