एकै दिन सनराइज बैंकको ४ शाखा विस्तार
काठमाडौं । सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने उदेश्यले लकडाउनका समयमा पनि शाखा विस्तार गरेको छ । आइतबार यस बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले डिजिटल उद्घाटन समारोह मार्पmत ४ वटा शाखा र १ विस्तारित काउन्टरकोे उद्घाटन गरेका थिए ।
वैकले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको छ । नेपाली जनता माझ आफ्नो उपस्थितिलाई सक्रिय बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच बढाउने उद्देश्यका साथ बैंकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र हरिसिद्धीमा विस्तारित काउन्टर सुरु गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि यसको प्रभाव देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्र्दै डिजिटल माध्यम मार्पmत उद्घाटन गरेको हो । आफ्ना शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न, सम्पूर्ण बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।
प्रतिक्रिया