शुक्रबार, जेठ ३, २०८२

आज थप ३४ जना डिस्चार्ज, कुल १० हजार ३२८ जना कोरोना मुक्त

नेपालखोज २०७७ असार ३० गते १६:४७

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । योसंगै नेपालमा डिस्चार्ज हुनेको कुल संख्या १० हजार ३२८ पुगेको छ । यो देशभरबाट ६० दशमलव ५३ प्रतिशत हो ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ११६ संक्रमित थपिएका हुन् ।

शनिबार ७० जनामा संक्रमण पुष्टि भएको मा आइतबार देशभर ८२, हिजो १४४ र आज ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ६९५ रहेको छ । ७७ वटै जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला हाल संक्रमण मुक्त भइसकेका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख ८९ हजार ३७१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

हालसम्म देशभरका २४ हजार ७१६ क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६९५ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया