बुधबार, वैशाख १२, २०८१

पर्यटकलाई कोठा र खानामा विशेष छुट दिइदै

नेपालखोज २०७६ पुष १६ गते १६:०१

१६ पुस, काठमाडौँ ।’भिजिट नेपाल २०२०’ लाई लक्षित गरी होटलले नेपाल आउने विदेशी पर्यटकलाई कोठा र खानामा छुट दिने भएका छन् ।

पर्यटकलाई कोठा भाडामा ३० र खानामा १५ प्रतिशत छुट दिने होटल एसोसिएसन नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिएका छन् ।

नेपाल आउने विदेशी पर्यटकले यो छुट २०२० जनवरी १ देखि डिसेम्बर ३१ सम्म पाउनेछन् । यो छुट विदेशी पर्यटकको लागि मात्र रहेको छ ।

प्रतिक्रिया