आशा लघुवित्तद्वारा छात्रवृत्ति प्रदान
काठमाडाै । आशा लघुवित्त वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्षमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमार्फत् प्रति शाखा १ जनाको दरले ग्राहक सदस्यहरुको छोरा वा छोरीहरुले १० जोड २ को परीक्षामा शाखा कार्यालयअन्तर्गत उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने लाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ । सोही अनुरुप वित्तीय संस्थाले यस वर्ष पनि शाखा कार्यालयहरुमा प्राप्त निवेदनको आधारमा दावि परेकाहरु मध्येबाट उत्कृष्ट अंक ल्याई उत्तिर्ण भएका आफ्नो ग्राहक सदस्यहरुको छोराछोरीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । वित्तीय संस्थाले ग्राहक संरक्षण कोषमार्फत् क्रमशः शाखा कार्यालयहरु सिसहनिया दाङ, बेलौरी कञ्चनपुर, देबिघाट नुवाकोट, कोहलपुर बाँके, बज्रबाराही मकवानपुर र सेमरा रुपन्देहीमा आवद्ध रहेका ग्राहक सदस्यहरुको छोराछोरीहरुलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुमा ५५ वटा शाखा कार्यालयहरुमार्फत् करीब ५६ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ भने संस्थाको हालसम्म करीव रु. २ अर्ब ३८ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ८० करोडभन्दा बढी निक्षेप समेत संकलन गरेको छ ।
प्रतिक्रिया