हुवावे चीनको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता हो
माइकल म्याकडोनाल्ड, मुख्य डिजिटल अधिकारी, हुवावे एशिया प्यासिफिक
5G आफ्नै प्रचारको सिकार भएको छ । डिजिटल साम्राज्यको ढोका सोचिएको 5G ले उपभोक्ता तथा व्यवसायलाई विश्वासको भरमा नयाँ अवसर दिन्छ, जुन अघिल्लो पुस्तासँग छँदै छैन । उच्च दक्षता भएको एयर इन्टरफेस, चलाउनलाई धेरै ब्यान्ड र वस्तुहरू चाहिन्छ । कनेक्टिभिटीका लागि विशाल स्केलेबिलिटी र विश्वसनीय ‘लो ल्याटेन्सी’ भएकोले 5G हरेक हिसावले 4G भन्दा राम्रो छ । किनकि योसँग अतिरिक्त G छ ।
जहाँ मोबाईल टेक्नोलोजीको अघिल्लो पुस्ताले प्रयोगकर्तालाई सानो देखि मध्यम आवश्यकताहरू पुरा गरेका थिए । 5G ले नदेखिएका तर भविष्यमा देखिनसक्ने आवश्यकताहरूको आंकलन गर्दै डिजिटल इकोनोमीसँग सबै चिजलाई जोडेर राख्छ । सबै चिजको अनुभव दिलाएर इन्टेलिजेन्ट बनाउँछ । 5G एकमात्र समाधान हो जसले उपभोक्तालाई ब्रोडब्यान्ड मात्र नभई भर्टिकल बजारमा पनि इन्टेलिजेन्ट ब्यान्डविथ र कम्प्यूटर पावर दिएर टर्बोचार्ज गर्दछ, जुन सेवा आवश्यकताहरुसँग गतिशिल रुपमा परिवर्तन हुन्छ ।
तर, सेवा केन्द्रित भए नभए पनि इन्टरनेटको सुन्दरता अमूर्त तह र अन्तर्निहित नेटवर्क पूर्वाधार, डाटा र हामीले प्रयोग गर्ने अनुप्रयोगहरु बीच रहेको छ । विशेषरुपमा इन्टरनेट प्रोटोकलको मुख्य उद्देश्य प्याकीटाइज्ड डाटा सर्वव्यापी र विश्वसनीयताका साथ प्रसारित गर्न अनुमति दिनु हो, चाहे त्यसमा 5G नै किन समावेश नहोस् ।
5G र मोबाइल सेलुलर टेक्नोलोजी समग्रमा इन्टरनेट पावरिंग पूर्वाधारको केवल एक सानो अशं हो । बढ्दै गरेको डिजिटल इकोनोमीको तुलनामा 5G ग्लोबल पूर्वाधारको मुल्य घट्दो क्रममा छ । वास्तबमा सम्पूर्ण दूरसञ्चार पूर्वाधारको बजार आज करिव ८० अर्ब अमेरिकी डलरको रहेको छ । सन् २०२५ को आसपासमा १०० अर्ब डलरको अंक पार गर्ने अनुमान गरिएको छ । त्यसमध्ये, लगभग आधा सन् २०२६ सम्ममा 5G पूर्वाधार हुनेछ । यसको तुलनामा मार्च १, २०२० मा अल्फाबेट, अमेजन, एप्पल, फेसबुक र माइक्रोसफ्टको १२ महिनाको अन्त्यमा संयुक्त राजस्व ९४३ अर्ब डलर थियो । यस्तै विकास कायम रहने हो भने अमेरिकाका ठूला ५ विशाल इन्टरनेट संस्थाहरुको मूल्य २.५ गुणा वा सन् २०२६ सम्ममा करिब २.५ ट्रिलियन अमेरिकी डलर वा 5G पूर्वाधारको कुल मूल्यभन्दा ५० गुणा बढी हुन सक्दछ । अझै पछाडि जाँदा कुल डिजिटल अर्थव्यवस्था जुन २०२५–२०२६ सम्म विश्व जीडिपीमा २५ प्रतिशत योगदान दिने बताइएको छ ।
त्यसोभए किन अमेरिकालाई 5G मा चासो ?
अमेरिकालाई टेलिकम पूर्वाधार बजार हिस्साको स्वामित्वमा कम चासो छ र संकेत पठाउनमा बढी चासो छ । हुवावे पक्कै पनि चीनको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय सफलताको कथा हो । एउटा निरन्तर व्यापारिक ध्यानका कारण सम्भव भएको छ । हुवावे 5G मा एक नेतृत्व हो । जुन धेरैको नजरमा निकटको प्रतिस्पर्धी भन्दा १२ देखि २४ महिना अगाडिको मानिन्छ । अनियमित रूपमा मोबाइल प्रविधिको एक विशेष पुस्ता छन् को प्रक्षेपणलाई रोक्दै र यसको प्रभाव समग्र डिजिटल अर्थव्यवस्थामा अधिक देखाउनु, आर्टिफिसियल इन्टेलिजेन्स को एकमात्र सक्षमकर्ताको रूपमा एक विशेष पुस्ताको सिपीयू हो भन्न मिल्दछ ।
5G रोक्नुहोस् 6G पप अप हुन्छ । 6G रोक्नुहोस् 7G पप अप हुन्छ । नामकरण को तरिका अप्रासंगिक छ । यी मानकहरू अन्तर्राष्ट्रिय संस्थाहरूका संघ र सयौं व्यक्तिगत सदस्यहरू सहित अपरेटर र विक्रेताहरूद्वारा विकसित गरिएको हो । एक अग्रणी एथलीटले उनीहरूको खेलको नियम परिभाषित गरे जति एकल विक्रेताले प्रक्रियालाई परिभाषित गर्दैन ।
5G मा अमेरिकाको आक्रमण, मापडन्ड प्रकृयाको प्रतिरोध हो, जसले अनियन्त्रित रुपमा कुनै कम्पनीहरुलाई लक्षित गर्छ जसले नियमहरु मात्र पलना गरेका छन् यसले सम्पूर्ण ITU को गैरनाफाको जनादेश ‘संसारका सबै मानिसहरुलाई जोड्दै’ (Connecting all the world’s people) लाई बेवास्ता गर्दछ ।
के यो वास्तवमा अमेरिकाको ५० अर्ब डलरको बजार चाहेको हो या अरुको अर्थतन्त्रले उछिन्ला भनेर बनाइएको देशको एजेन्डा हो ?
अटर्नी जनरल विलियम बारले चीन इनिसियटिभ सम्मेलनको आफ्नो मुख्य भाषणमा भने– ‘इतिहासमा पहिलोपटक अमेरिकाले अर्को प्राविधिक युगको नेतृत्व गरिरहेको छैन ।’ अपरिहार्य देखिए पनि यो एक अतिशयोक्ति हो कि भन्ने भान हुन्छ । विशेष गरी 5G एक मात्र टेक्नोलोजी हो, जुन हार्डवेयर र सफ्टवेयर विकासमा अमेरिकाको नेतृत्वलाई बेवास्ता गरिरहेको छ । यो दौड 5G प्रभुत्वको बारेमा होईन । अग्रणी डिजिटल रूपान्तरणको बारेमा हो । जुन समग्र अर्थतन्त्रलाई अझ सक्षम र उपभोक्ताको मागप्रति प्रतिक्रियाशील बनाउँदछ ।
मलाई सँधै सिकाइएको थियो कि तपाई छिटो दगुरेर दौड जित्नुहोस् । अरुको खुट्टा तानेर होईन । बेइजिङ विदेश अध्ययन विश्वविद्यालयमा सहयोगी कानूनका प्रोफेसर गु बिनले हालसालै लेखे, ‘अब जब अमेरिका टेक सर्वच्वको उच्च खुट्किलामा पुग्दछ, अनि अरुलाई दबाउन चाहन्छ ।’ चीनले अमेरिकालाई पहिलै जितिसकेको छ, तर दुर्भाग्यवश अमेरिकाले खेलको नियम परिवर्तन गर्न पाइरहेको छ, कमसेकम अहिलेको लागि । जबकि यो अपरिहार्य नहुन सक्छ कि जब चिनियाँ अर्थव्यवस्थाले अमेरिकालाई उछिन्छ, यो पक्कै पनि सम्भव छ । संयुक्त राज्य अमेरिकाको 5G बिक्रेतामा प्रस्तावित हिस्सेदारी भर्खरको राजनीतिक रूपले प्रेरित गरिएको आक्रमण हो । जुन विश्वलाई अझ ठूलो चेतावनी दिन तयार गरिएको थियो । कि अमेरिका अझै प्रासंगिक छ । वास्तवमा अमेरिकी अर्थव्यवस्था नम्बर १ बाट नम्बर २ मा झर्ने कुरा असह्य हुन सक्छ, तर, म इतिहास मा प्रतीनिधि को रुपमा जान्न चाहन्न जब त्यो हुन्छ ।
प्रतिक्रिया