शनिबार, वैशाख १५, २०८१

खानाको सन्तुलन यसरी मिलाउन सके स्वस्थ्य रहन्छ शरिर

नेपालखोज २०७७ साउन ३ गते ६:००

१. बिहान हर्बल चिया
बिहान उठेपछि हामीमध्ये धेरैले दुधको चिया वा कफी पिउने गर्छौं । तर, यस्तो पेयले स्वास्थ्यलाई राम्रो गर्दैन । त्यसैले बिहान तुलसीको पात, मोरिंगा चिया आदि पिउनु लाभदायक हुन्छ । कागती पानीमा मह मिसाएर सेवन गर्नु पनि राम्रो हुन्छ । त्यसैले दुध चिया वा कफीको विकल्पमा यस्तो पेय पदार्थ पिउने गरौं ।

२.नास्तामा जौले बनेको परिकार
बिहानको नास्तामा जौबाट बनेको खानेकुरा सेवन गर्न सकिन्छ । यो बिटा ग्लुकन घुलनशिल फाइबर हो, जो पेटका लागि फाइदाजक हुन्छ । जौले शरीरमा ग्लुकोजको स्तर नियन्त्रण गर्छ र तौल बढ्न पनि दिदैन ।

३. दिनको खानामा ताजा सागसब्जी
सात्विक आहार अनुसार दिनको खानामा प्रोटिनयुक्त खानेकुरा खानुपर्ने बताइन्छ । यसमा ताजा सागसब्जी, तोफु, दाल, पनिर, सलाद खान सकिन्छ । यी खानेकुरा हल्का त हुन्छ नै यसले शरीरलाई भरपुर उर्जा पनि दिन्छ ।

४.फलफूल वा जुस
मध्यन्हको नास्तामा मौसमी फलफूल सेवन गर्न सकिन्छ । अमला लगायतका फलफूल अरु उपयुक्त हुन्छ । साथै फलफूलको ताजा जुस पनि सेवन गर्न सकिन्छ ।

५. रातको खाना हल्का र थोरै
आयुर्वेद अनुसार रातको खाना सूर्योअस्त अघि नै गर्नुपर्छ । साथै रातको खाना थोरै र हल्का हुनुपर्छ । खाना खाएको दुई वा तीन घण्टापछि मात्र सुत्नुपर्छ । राती खाना खाइसकेपछि एकछिन टहल्नु राम्रो हो । सुत्नुअघि दुध र बेसार मिश्रण गरेर पिउँदा लाभदायक हुन्छ ।

प्रतिक्रिया