शुक्रबार, वैशाख ७, २०८१

खोकनाका पीडित कृषकले रोपे धान (फाेटाेफिचर)

नेपालखोज २०७७ साउन ३ गते १४:५६

काठमाडौं । एतिहासिक नगरी खोकनामा स्थानीयले धान रोपाई गरेका छन् । अघिल्लो पटकको रोपाईमा प्रहरीले हस्तक्षेप गरेको भएपनि यसपटक भने त्यस्तो भएन ।

खोकनामा जग्गा अधिग्रहणका लागि सूचना निकालेको जमिनमा सरकारले खनजोत गर्न नदिएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । सरकारले विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको स्थानीयको आरोप रहेको छ ।

जनसरोकार समिति खोकनाले आयोजना गरेको राष्ट्रिय धान दिवस–२०७७ मा पीडित कृषकहरुको धान रोपाई कार्यक्रमा ठूलै जनसमुदायको उपस्थिति रहेको थियो । उनीहरुले विकासको नाममा ऐतिहासिक सम्पदा नमास्न भन्दै निरन्तर आन्दोलन गर्ने जनाएका छन् ।

काठमाडौं–तराई द्रुतमार्ग, बाहिरी चक्रपथ तथा मातातीर्थ–भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने योजना बनाएर ऐतिहासिक सम्पदाले भरिपूर्ण खोकनालाई सरकारले कब्जा गर्न खोजेको आरोप उनीहरुले लगाए । भन्दै उनीहरु निरन्तर विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया