युनेस्कोको ४१औँ महासभामा भाग लिन शिक्षामन्त्री फ्रान्स प्रस्थान

नेपालखोज २०७८ कार्तिक २५ गते ७:४९

काठमाडौं । संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१औँ महासभामा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल फ्रान्स प्रस्थान गरेका छन् ।

मन्त्री पौडेल बुधबार राति ८ः२५ बजे फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका हुन् । १९३ राष्ट्रको प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षा मन्त्री एवं यूनेस्कोको लागि नेपालका अध्यक्ष पौडेलले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ ।

युनेस्कोको मुख्यालयमा ९ नोभेम्बरदेखि जारी महासभामा उनले राष्ट्रसंघीय दिगो विकास लक्ष्यको लक्ष्य ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्नुहुने मन्त्रीको सचिवालयले जनाएको छ ।

महासभामा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, यूनेस्को लागि नेपालका सहायक महासचिव डा. बाबूराम अधिकारी सहभागी हुनेछन् ।

प्रतिक्रिया