शुक्रबार, वैशाख १४, २०८१

बाढीले राम मन्दिर सहित चारवटा पुल बगायो, एक व्यक्ति वेपत्ता

नेपालखोज २०७७ साउन ६ गते ९:२६

बेनी । विगत दुईदिनदेखि निरन्तर परेको वर्षाका कारण मुलुकभरकै जनजीवन अस्तव्यस्त भएको छ । देशभर बाढी र पहिलोका कारण हजारौ नागरिक अलपत्र परेका छन् । बाढीकै कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको काभ्रेमा बाढीले बगाएर एक जना बेपत्ता भएका छन्। काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले बताए। सोमबार साँझ बाढीमा बेपत्ता गर्बुजाको खोजी भइरहे पनि मंगलबार बिहानसम्म नभेटिएको उनले बताए।

निरन्तरको भिषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन वटा मोटरेबल र दुई वटा झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ।

बेनी–जोमसोम सडक अन्तरगत अन्नपूर्ण –३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधिन र पुरानो मोटरेबल पुल पुरेको छ। घाँस खोलामा निर्माणाधिन अर्को मोटरेबल पुल पनि पुरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिएका छन् ।

रुप्से झरनाको परिसरमा रहेको मन्दिर र गडल्याड वाटरफल रेष्टुरेष्ट पनि बाढीले बगाएको छ। मोटरेबल पुल निर्माणमा प्रयोग भएको ज्वाला कन्ट्रक्सनको एक वटा एक्साभेटर (डोजर) र पार्कीङ गरेर राखिएको बस बगाएको छ।

प्रतिक्रिया