शुक्रबार, चैत १६, २०८०

कर्न ब्राण्डका विश्वस्तरीय स्मार्ट वाचहरु नेपाली बजारमा, क्यामियोले भित्र्यायो ३ ओटा मोडल

नेपालखोज २०७८ मंसिर १५ गते २:००

काठमाडौं । अन्तराष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा ३ वटा नयाँ स्मार्ट वाच मोडल लन्च गरेको छ । कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बिच नेपालमा नयाँ स्मार्ट वाचहरुको घोषणा गरेको हो ।

कर्नका विश्व स्तरीय स्मार्ट वाचहरु डब्लूबी ०२, डब्लूबी ०३, डब्लूबी ०५ नेपालमा उपलब्ध भएका छन् । यी स्मार्ट वाचहरुमा एमोलेड डिस्प्ले, वाटरप्रुफ फिचर,बिग ब्याट्रि क्यापासिटी, नर्डिक सिपियूलगायतका विशेषता रहेका छन् र यसको प्रमुख विशेषतामा ३६५ दिनको वारेन्टी पनि रहेको छ । कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर राज गुप्ताले नेपाली बजारमा विश्व स्तरका गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराउँदै आएको र अब स्मार्ट वाच पनि ल्याएको बताए ।

‘हामीले कर्नका विश्वस्तरीय स्मार्टवाचहरु नेपाली बजारमा ल्याएका छौं । सुपथ मूल्यमा उच्चस्तरका विभिन्न फिचरहरु भएको स्मार्टवाचले नेपालीहरुलाई आकर्षित गर्नेछ । हामीले कर्नका उत्पादनहरु बेच्ने मात्र नभई ग्राहकहरुको ध्यान र सन्तुष्टिलाई समेत ध्यान दिने गरेका छौ,’ उनले भने, ‘कम्पनीले नेपाली बजारमा लन्च गरेका तीन ओटा मोडलका स्मार्टवाचहरुको मूल्य डब्लूबी ०२ ७,९९९/–, डब्लूबी ०३ को ८,१९९/–, डब्लूबी ०५ को ११,९९९/– तोकिएको जनाएको छ ।’

सन् २०१८ मा शुरु भएको कर्न ब्राण्ड विश्वका ३७ वटा भन्दा बढि देशहरुमा बिक्री हुँदै आएको छ । नेपालसहित विश्वका अन्य देशहरु इजिप्ट, बंगलादेश, श्रीलंका, क्यानाडा, रसिया, इजरायल, म्यानमार लगायतका देशहरुमा उपलब्ध छन् ।

प्रतिक्रिया