बिहीबार, वैशाख १३, २०८१

सुनचाँदीको मूल्य बढ्दो क्रममा, सुन प्रतितोला ९२ हजार ७ सयमा बिक्री

नेपालखोज २०७७ साउन ६ गते १२:२३

काठमाडौं । मंगलबार सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी एक दिनमै तोलामा ४० रुपैयाँले बढेर १ हजार ४० रुपैयाँ पुगेको हो । सोमबार तोलाको १ हजार रुपैयाँ बिक्री भएको हो ।

विश्व बजारमा सुनको मूल्यसँगै चाँदीको मूल्य पनि उच्च गतिले बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि तोलामा ९२ हजार ८ सयसम्म पुगेको थियो । तर पुनः घटेको थियो ।

सोमबार भने अघिल्लो दिनका तुलनामा तोलामा २ सय रुपैयाँ घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया