बुधबार, वैशाख १२, २०८१

नेपाली राजनीतिका शिखरपुरुष वीपीको ३८ औं स्मृति दिवस मनाइयो

नेपालखोज २०७७ साउन ६ गते १४:१२

काठमाडौँ ।

काठमाडौँ । नेपाली राजनीतिका शिखरपुरुष वीपी कोइरालाको ३८ औं स्मृति दिवस सुन्दरीजलको वीपी स्मृति संग्रहालयमा मनाइएको छ । स्मृति कार्यक्रममा बोल्दै नेबिसंघका महासचिव मनोज बैद्यले सालिकमा माल्यार्पण, रुख रोपेर, फलफुल बाडेर भन्दा पनि बिपिको सिद्धान्तलाई अनुशरण गरेर विपीको सम्मान हुने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले भने, ‘बिपिले नेपाल फर्किदा आफुले गरेको सपुर्ण कामको जिम्मा लिन्छु भनेर घोषण गर्नु भयो र अदालतमा बयान दिनुभयो । के अहिलेको देशका नेतृत्वले त्यो हिम्मत गर्न सक्छ रु’ उनले कम्युष्टिको झुटा प्रचार तथा सामाजिक संजालले गरेको गलत प्रचारले सङठनलाई नकारात्मक असर गरेको बताएका छन् । उनले भने, ‘त्यो चिर्न नसके समस्या हुन्छ ।’

कम्युनिष्टको प्रोपोगाण्डा सुनेर विचार बनाउने तथा प्रतिस्पर्धी नचिन्ने हो भने पार्टीमा समस्यामा पर्ने बताउनदै नेता महतले उनले भने, ‘प्रजातन्त्र समस्यामा पर्छ, प्रजातन्त्र समस्यामा पर्यो भने पार्टी त के राज्य नै नरहने अवस्था आउँछ । राज्य, प्रजातन्त्र, जनता सबै समस्यामा पार्नका लागि नै कम्युष्टिहरुले प्रोपोगाण्डा मच्चाएका छन यस्ले हरेक स्थानमा समस्या पर्दैछ । अब बिचार गर्ने समय आएको छ ।’

नेता महतले प्रधानमन्त्री ओलीको राष्ट्रिताको धोती खुस्कि सकेको र उग्ररूप देखाएर मित्ररास्ट«हरुलाई भड्काएर सदाको लागि नेपाली भुमि प्राप्त नहुने वातावरण बनाएको बताउँदै भने, ‘यो सरकार राष्ट्रवादी हैन घोर राष्ट्रवादी हो । अब हामिले योथोचित कदम नचाले रास्ट्र खतरामा पर्दैछ । यो सन्दर्भमा बिपीको बिचारको सान्दर्भिकता अझ बढेको छ ।’ यो सहित कार्यक्रम सम्पन्न भएको छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नु भएको कोइराला विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । नेपाली साहित्यका क्षेत्रमा पनि उहाँको महत्वपूर्ण योगदान छ ।

उहाँका नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित भएका छन् ।

विसं १९७१ भदौ २४ गते जन्मिनु भएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

 

प्रतिक्रिया