बुधबार, वैशाख १२, २०८१

टोखामा गएको पहिरोमा परि २ बालबालिकाको मृत्यु

नेपालखोज २०७७ साउन ६ गते १६:१०

काठमाडौं । काठमाडौंस्थित टोखा नगरपालिका वडा. नं. १ मा गएको पहिरोमा परि २ जना बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार  बिहान करिब साढे १० बजे तिर गएको पहिरोमा पुरिएका धनकुटा घर भएका कुमार राणा मगरका  (जुम्ल्याहा) ३/३ वर्षिय छोराछोरीको मृत्यु भएको वडाध्यक्ष श्रीकृष्ण अधिकारीले बताएका छन् ।

लामाे समयदेखि राणा परिवारले टोखा नगरपालिकास्थित टासीडाँडामा तरकारी खेती एवं कुखुरा पालन गर्दै आएको वडाध्यक्ष अधिकारीले जानकारी दिए । पहिरोमा पुरिएका सचिन राना र सन्धा राना मृतक अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया