शनिबार, वैशाख ८, २०८१

विहिबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

नेपालखोज २०७७ साउन ६ गते १७:००

काठमाडौँ । यातायात व्यवसायीले सार्वजनिक यातायात बिहीवार अथार्त पर्सिदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले आज संयुक्त पत्रकार सम्मेलन गरी पर्सिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।

तर आजको पत्रकार सम्मेलनमा महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको छ ।

प्रतिक्रिया