शुक्रबार, वैशाख १४, २०८१

मानिस सफल बन्न सहयोग गर्ने केही बानीहरु !

नेपालखोज २०७७ साउन ७ गते ५:१५

काठमाडौं । प्रत्येक मानिसको राम्रो नराम्रो दुवै गुण हुन्छ । नराम्रो गुणले हामीलाई प्रगती र सकरात्मक बन्नबाट रोकेको हुन्छ । त्यसैले, हामीले आफूसँग भएको नराम्रो गुणलाई त्याग्न जरुरी छ । मानिस सफल बन्न यी बानीहरुले मद्दत पुर्‍याउछ ।

१. बिहान खाली पेटमा पानी पिउने
खाली पेट पानी पिउने बानीले मानिसलाई काम गर्ने ऊर्जा दिन्छ र पाचनप्रणालीलाई राम्रो बनाउँछ ।

२. सिक्न अल्छी र नलजाउने
जिन्दगी भनेको सिकाइ हो । त्यसैले, सिक्नलाई कहिल्यै अल्छी गर्नु र लजाउनु हुदैन । सिकाइले नै मानिसलाई परिपक्क बनाउछ ।

३. बहाना बनाएर काम टार्ने नगर्ने
बहाना बनाएर काम टार्ने नगर्नुस् । यसरी काम टार्ने बानीले सफलता तपाईंबाट टाढा भाग्छ । कुनै काम गाह्रो भएमा बहाना बनाउनुको साटो कोशिस गर्न उचित हुन्छ ।

४.सन्तुष्ट रहने
हामीले आफूसँग जे छ त्यसमा खुसि हुनु सिक्नु पर्छ अर्थात, लोभ लालचमा पर्नुहुदैन् । मेहेनतमा विश्वास गर्ने बानी बसाल्नु पर्छ ।

५.खानामा कहिल्यै लापरवाही नगर्ने
खानामा कहिल्यै लापरवाही नगर्नुस् । समयमा उचित खाना नखाँदा बिरामी परिन्छ । स्वास्थ्यलाई हानी गर्ने कुरा खानेबानी नगर्ने । नशा दिने कुनै वस्तुहरु सेवन नगर्ने ।

६. संगीत सुन्ने
संगीतले मानिसलाई अर्कै किसिमको उर्जा दिन्छ । संगीत सुन्दा आनन्द मात्र आउने हैन यसले तनावबाट मुक्त रहन सहयोग गर्छ ।

प्रतिक्रिया