बिहीबार, वैशाख १३, २०८१

हालसम्म कै उच्च मूल्यमा पुग्याे सुन, प्रतितोला ९४ हजारमा कारोबार

नेपालखोज २०७७ साउन ७ गते ११:१९

काठमाडौं । बुधबार सुनचाँदी हालसम्म कै उच्च मूल्यमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

विश्व बजारमा नै पछिल्लो समय सुनचाँदीको मूल्य बढ्दो क्रममा रहेको छ । मंगलबार प्रतितोला ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी एकै दिन प्रतितोला ९५ रुपैयाँ बढेको छ । मंगलबार प्रतितोलाको १ हजार ४० रुपैयाँमा बिक्री भएको चाँदी बुधबार बढेर १ हजार १ सय ३५ रुपैयाँमा विक्री भइरहेको छ । पछिल्लो समय चाँदीको मूल्य पनि तिव्र रुपमा बढिरहेको छ ।

प्रतिक्रिया