शनिबार, जेठ ५, २०८१

पहिलो कारोबार दिनमा ३३ अंकले नेप्से घट्दा २ अर्ब ५ करोडको कारोबार

नेपालखोज २०७९ भदौ १२ गते १५:३८

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से घटेको छ । नेप्से आज (आइतबार) ३३ दशमलव ३६ अंकले घटेर १९ सय ८९ दशमलव २६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव शून्य पाँच अंकले घटेर तीन सय ८५ दशमलव ७० अंकमा झरेको छ ।

दुई सय २४ वटा कम्पनीको ४३ हजार नौ सय ७७ पटकको कारोबारमा ६१ लाख ४८ हजार तीन सय ४१ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण आइतबार कुल कारोबार रकम दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजार एक सय तीन रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकी समूहहरूको सूचक उच्च अंकले घटेका छन् ।

तीमध्ये वाणिज्य बैैंक समूहको सूचक १० दशमलव ५२ अंकले घटेर १३ सय ३८ दशमलव ९४ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ९४ दशमलव ११ अंकले घटेर तीन हजार पाँच सय ४५ दशमलव ५८ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक पनि ८१ दशमलव ६२ अंकले घटेर २३ सय तीन दशमलव ५५ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक एक सय ६५ दशमलव ९४ अंकले घटेर सात हजार नौ सय ५५ दशमलव २२ अंकमा झरेको छ । यसैगरी जीवन बिमा समूहको सूचक एक सय १४ दशमलव ८८ अंकले घटेर नौ हजार तीन सय २६ दशमलव ४२ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज राधी जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ९० प्रतिशतले बढेर दुई सय ९८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा रुरु जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर नौ सय ३९ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अरुण काबेली पावर लिमिटेडको प्रतिकित्ता चार सय ६४ रुपैयाँ अन्तिम मूल्यमा १० करोड ३३ लाख ६१ हजार नौ सय ७४ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया