बुधबार, वैशाख १२, २०८१

नेपालमा कोरोना संक्रमणबाट चिनियाँ महिलाको मृत्यु

नेपालखोज २०७७ साउन ७ गते १५:१८

काठमाडौँ । नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया चिनियाँ नागरिक छिन् ।

मृतकबारे स्वास्थ्य मन्त्रालयले अपरान्हको नियमित प्रेस ब्रिफिङमा जानकारी दिने भएको छ । विश्वस्त स्रोतका अनुसार पोखरामा बस्दै आएकी चिनियाँ महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरबाट शुक्रबार आकस्मिक रुपमा काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो ।

कोरोना पुष्टि भएपछि उनलाई टिचिङ अस्पताल लगिएकोमा आज विहान मृत्यु भएको बुझिएको छ ।

प्रतिक्रिया