शनिबार, वैशाख १५, २०८१

महानायक राजेश हमालका भाइको निधन

नेपालखोज २०७७ साउन ८ गते ६:५८

काठमाडौं । महानायक राजेश हमाल अहिले पारिवारिक शोकमा छन् । उनका भाइ राकेश हमालको उपचारका क्रममा मृत्यु भएको छ । राकेशको दिल्लीस्थित ह्याम्स अस्पतालमा मृत्यू भएको पारिवारिक स्रोतले जनाएको छ ।

सामजिक अभियन्ताका रुपमा परिचित हमाल केही समयदेखि कलेजोको समस्याबाट गुज्रिरहेका थिए । उनलाई एअरलिफ्टबाट दिल्लीको अस्पताल लगिएको थियो । उनको शव काठमाडौं ल्याउने विषयमा छलफल भइरहेको जनाइएको छ ।

राकेशका श्रीमतीसहित २ छोरा छन् । उनी काठमाडौंमा राजेशसँगै एकै घरमा बस्दै आएका थिए । राजेश हमाल राकेश भन्दा डेढ वर्ष जेठा हुन् ।

प्रतिक्रिया