शनिबार, वैशाख १५, २०८१

निर्माण हुँदै गरेको हिमालयन हेलम्बु ग्रेट ट्रेल (फोटो फिचर)

नेपालखोज २०७७ साउन ८ गते १०:११

सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बुमा हिमालयन हेलम्बु ग्रेट ट्रेल (पदमार्ग) निर्माण भइरहेको छ । हेलम्बु भित्रिने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि निर्माण गरिने ग्रेट ट्रेल मुलतः पदमार्ग हो । हेलम्बुको डाँडाकाँडामा रहने यो ग्रेट ट्रेलबाट हिमाल अवलोकनमा साथै यहाँ पाइने वन्यजन्तु रेडपान्डासमेत देख्न पाइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अगुवाइमा निर्माण भइरहेको मार्गलाई हेलम्बु हिमालयन ग्रेट ट्रेल नामाकरण गरिएको छ । अहिलेसम्म ३०० मिटर काम भएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्चेन शेर्पाले बताए । उनका अनुसार बहुवर्षीय योजनाअन्तर्गत ६० किमी लामो चीनको ग्रेटवालको झल्को दिने खालको उक्त परियोजना सम्पन्न गर्न अनुमानित रु तीन अर्ब ५० करोड बजेट लाग्ने छ ।

प्रतिक्रिया